लाल बकैया नदीको डुबान हुने क्षेत्रको स्थलगत अनुगमन

गौर । जिल्ला प्रशासन कार्यालय, रौतहटका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहितको टोलीले रौतहटको डुबान तथा बाढीले क्षति गर्ने क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

बुधबार ईशनाथ नगरपालिका वडा नं. १ स्थित नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन सयुक्त समितिको पन्ध्रौ बैठकपछि डुबान तथा बाढीले क्षति गर्ने स्थानको अवलोकन गरिएको हो । टोलीले लाल बकैया नदीबाट हुने डुबान र बाढी जाने क्षेत्रको स्थलगत अनुगमन गरेर उद्धार, राहत लगायतको विषयमा पूर्वतयारी गरेको छ ।

रौतहटका सीडीओ दिनेशसागर भुसाल, जिल्ला प्रहरी कार्यालय, रौतहटका एसपी सीताराम रिजाल, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटका सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी, नेपाल भारत डुवान तथा बाढी व्यवस्थापन सयुंक्त समितिका सदस्य लगायत पदाधिकारीहरू तथा स्थानीय जनप्रतिनिधिहरूले लाल बकैया नदी तथा बाँधको स्थलगत निरीक्षण गरेका हुन् ।

Published : Thursday, 2026 August 6, 12:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया