गृहमन्त्रीद्वारा हिन्दू र मुस्लिम समुदायका अगुवाहरूसँग छलफल, अन्सारीले भने– गृहमन्त्रीज्यू चुक्नुभयो
काठमाडौं । गृह मन्त्रालयले हिन्दू र मुस्लिम समुदायका अगुवाहरूसँग छलफल गरेको छ ।
मंगलबार सिंहदबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङले हिन्दू र मुस्लिम समुदायका अगुवासँग छुट्टा छुट्टै छलफल गरेका हुन् ।
हिन्दू अगुवाहरूसँगको छलफलपछि मुस्लिम समुदायका अगुवाहरूसँग छलफल भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । छलफलमा दुवै पक्षका समस्या सुन्ने काम भएको छ । समस्याहरूको यकीन पहिचान गरेर यसको समाधानका बारेमा राज्यले गर्नुपर्ने कामहरूको समेत सूची ल्याउन भनिएको प्रवक्ता काफ्लेले बताए ।
अहिले दुवै पक्षले सद्भाव कायम राख्न भूमिका खेलेको र यसैगरी आगामी दिनमा पनि यसलाई कायम राख्न गृह मन्त्रालयले आग्रह गरेको छ ।
छलफलमा राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारका अनुसार गृहमन्त्री गुरुङले सुनसरीको जस्तो घटनाहरू हुन नदिने प्रतिबद्धता जनाएका छन् । गृहमन्त्री गुरुङलाई पूर्वअध्यक्ष अन्सारीले सुझाव दिँदै भने, ‘लामो समयदेखि मिलेर बसेका समुदायका विषयमा केही तत्वहरूले समय समयमा सामाजिक सद्भावलाई बिथोल्न, भाइचारा बिथोल्ने प्रयास गर्ने कार्य भइरहेका छन् । ती तत्वहरूलाई समयमा सरकारको तर्फबाट कारबाही नहुनु सबैभन्दा दुःखद् कुरा हो ।’
‘घटना सुनसरीमा हुन्छ । मोरङका तत्वहरू गएर घटना गराउने । महोत्तरी, धनुषा, सप्तरीमा घटना हुन्छ तर, बारा, पर्साबाट त्यहाँ केही तत्वहरू जान्छन्,’ अन्सारीले भने, ‘यस्ता तत्वहरूले गर्दा समयमा कारबाही नहुनु र मनोबल बढ्नु, मनोबल बढेका कारण ठूलो घटना भयो ।’
पूर्वअध्यक्ष अन्सारीले भने, ‘जनताले आशा र भरोसा गरेको यो सरकारप्रति शान्ति सुरक्षा दिएको गृह मन्त्रालयमा डाइनामिक गृहमन्त्री पाउँदा पनि भरोसा गर्न सकिने अवस्था भएन । मिटरब्याजी काठमाडौं आउँदै गरेका थिए । आफै गएर निजगढमा वार्ता गरेर आउनुभयो । यति ठूलो घटना हुँदा जनताको माग थियो । गृहमन्त्री आएर हाम्रो कुरा सुनिदिनु पर्यो भन्ने माग थियो । गृहमन्त्री ५ दिनसम्म सुनसरी नजानु नै यति ठूलो घटना यो,’ अन्सारीले भने, ‘घटना सुनसरीबाट अन्य जिल्लामा घटना भयो । गृहमन्त्री चुक्नु भएको छ ।’
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया