सशस्त्र प्रहरीद्वारा सीमावर्ती क्षेत्रबाट १३ लाखसहित दुई जनालाई पक्राउ
मलंगवा । सशस्त्र प्रहरी बल, नेपालले सर्लाही जिल्लामा स्रोत नखुलेको १३ लाख रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
बी.ओ.पी. संग्रामपुर, सर्लाहीबाट खटिएको टोलीले मंगलबार सर्लाहीको पर्सा गाउँपालिका–६ स्थित सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सशस्त्र प्रहरीले नेपाली रुपियाँ १३ लाखसहित दुई थान मोबाइल पनि बरामद गरेको छ । पक्राउ परेका दुई जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ ।
Published : Tuesday, 2026 August 4, 7:11 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया