सकिन्छ भने मलाई समर्थन गर्नुस्, एमाले-नेकपाले बहुमत पुर्याए मार्गप्रशस्त गर्छु : मुख्यमन्त्री बानियाँ
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान राजनैतिक गतिरोध अन्त्यका लागि आफूलाई समर्थन गर्न वा बहुमत पु¥याउन बागमती प्रदेशसभामा रहेका दलहरूसँग आग्रह गरेका छन् ।
सोमबार ललितपुरको जावलाखेलमा बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री बानियाँले आफूलाई समर्थन गर्न अपील गरेका हुन् ।
एमालेले समर्थन फिर्ता लिएपछि अन्यौलताको अवस्था सिर्जना भएकाले आफूलाई नै समर्थन गरेर अघि बढ्न वा यथाशीघ्र बहुमत पुर्याएर नयाँ सरकार गठनका लागि बानियाँले आग्रह गरेका छन् ।
आफूले विगतदेखिनै एमाले र नेपाली कम्युनिष्ट पार्टीले बहुमत पुर्याए मार्गप्रशस्त गर्न तयार रहेको मुख्यमन्त्री बानियाँले बताएका छन् । उनले हालसम्म पनि दुई दलले बहुमत पुर्याउन नसकेपछि अस्थिरता चिर्दै निकासका लागि सर्वदलीय बैठक बोलाएको बताए ।
अहिलेको अवस्थाले प्रदेश सरकारलाई अनिर्णयको बन्दी बनाएको भन्दै मुख्यमन्त्री बानियाँले चिन्ता व्यक्त गरेका छन् । दुई दल एमाले र नेकपाबाट बहुमत सिद्ध गर्न नसकिरहेको अवस्थामा आफूलाई नै समर्थन गरे चाँडोभन्दा चाँडो विश्वासको मत लिएर प्रदेशमा राजनैतिक स्थिरता दिने समेत दलहरूलाई अनुरोध गरेका छन् ।
उनले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पारित भइसकेको अवस्थामा यसलाई कार्यान्वयन गरेर नागरिकको आकांक्षा पूरा गर्न आफू नेतृत्वको सरकार तत्पर रहेको बताए ।
मुख्यमन्त्री बानियाँले एमालेलाई पनि समर्थन फिर्ताबारे पुनर्विचार गरी पुनः समर्थन दिन आग्रह गरेका छन् । अन्य दललाई राजनैतिक अन्यौलताको अन्त्यका लागि आफूलाई सहयोग गर्न आग्रह गर्दै बानियाँले सरकारमा नगएपनि आफूलाई समर्थन गरेर अघि बढ्न सकिने बताएका छन् ।
मुख्यमन्त्री बानियाँले संसदमा रहेका सबै दलसँग आफूलाई समर्थनका लागि लिखित अनुरोध समेत गरेका छन् ।
बैठकमा पूर्व मुख्यमन्त्री बहादुरसिं लामा, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेल, राप्रपाका नेता उद्धव थापा, नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्र गोसाईं, हाम्रो नेपाली पार्टीका नेता शैलेन्द्र बज्राचार्य, नेकपाका रत्न ढकाल, एमालेका नेता मधुसुदन पौडेलले राजनीतिक अस्थिरता अन्त्यका लागि प्रयासरत रहेको बताएका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया