सरकार बनाउने र गिराउन केन्द्रित हुनु सबैभन्दा ठूलो गल्ती भयो : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू सरकार बनाउने र गिराउने विषयमा केन्द्रित हुनु सबैभन्दा ठूलो गल्ती हुन पुगेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दाहालले भने, ‘हामी प्रधानमन्त्री बनाउने, प्रधानमन्त्री फाल्ने, सरकार बनाउने, सरकार गिराउने, त्यसैमा सफलता देख्ने र त्यो नै यति भएपछि हुन्छ भन्याजस्तो गरी चल्यौं गल्ती त्यही नै भयो ।’
‘हामी त त्यसरी सरकार बनाउने गिराउने कुरालाई सफलता र असफलताको रुपमा लियौं,’ उनले भने, ‘हाम्रो वर्गसँग, मजदुर किसानसँग उत्पीडित समुदायसँगको सम्बन्ध विस्तारै कमजोर भयो । जीवन्त भएन ।’
संयोजक दाहालले सरकार बनाउन केन्द्रमा आफूहरू यही कुरामा केन्द्रित हुँदा प्रदेश र स्थानीय तहमा पनि यस्तै प्रवृत्ति दोहोरिनु स्वभाविक भएको बताए ।
‘मन्त्री बन्ने र प्रधानमन्त्री बन्नेतिरै केन्द्रित भएको देखेपछि प्रदेशका नेताहरू पनि मन्त्री र मुख्यमन्त्री बन्नेमै केन्द्रित हुनु स्वभाविक नै भयो,’ दाहालले भने, ‘हामी कम्युनिस्ट आदर्शबाट कहिँ न कहिँ विचलित भयौं । गल्ती त्यही नै भयो भन्ने मलाई लागेको छ ।’
दाहालले भने, ‘नेताहरू सदरमुकाम र राजधानीमा बस्ने र उनीहरूको जीवनशैली हेर्दै जाँदा यी कम्युनिस्ट जस्ता छैनन् भन्ने कुरा विस्तारै महसुस गर्दै जाने स्थिति बन्यो । हामी भने किताबमा लेखिएकै छ, दस्तावेजमा लेखिएकै छ भनेर सरकार बनाउने कुरामा लाग्यो ।’
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया