ठूलो परिमाणको गाँजासहित दुई भारतीय सर्लाहीमा पक्राउ

लालबन्दी । जिल्ला प्रहरी कार्यालय, सर्लाहीले ठूलो परिमाणको गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

लालबन्दी नगरपालिका वडा नं. १ स्थित जिल्ला ट्राफिक कार्यालय, नवलपुर अगाडि १०९ किलो गाँजा सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बीआर ०९ एम ३७६६ नम्बरको भारतीय कारबाट गाँजा बरामद भएको सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

चेकजाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाइछिपाइ राखिएको २३ पोकामा प्याक गरिएको करिब १०९ किलो गाँजा बरामद गरिएको हो ।

कार चालक भारतको सीतामढी जिल्ला, समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपककुमार महतो तथा सोही कारमा सवार सोही ठेगाना भएका २५ वर्षीय अमन कुमारलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बरामद भएको गाँजा, कार तथा पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

Published : Monday, 2026 August 3, 1:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया