एआईजी मगरद्वारा मधेशमा समन्वय र उच्च सतर्कताका साथ परिचालित हुन सशस्त्र प्रहरीलाई निर्देशन

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) गणेशबहादुर ठाडा मगरले मधेश प्रदेशका जिल्लाहरूको शान्ति सुरक्षा र पछिल्लो सम्वेदनशीलतामा विशेष ध्यान दिएर कार्यसम्पादनमा लाग्न निर्देशन दिएका छन् ।

आइतबार मधेश प्रदेशका सशस्त्र प्रहरीका युनिटहरूका प्रमुख तथा सरोकारवाला, अन्य सुरक्षा निकाय लगायतसँगको छलफलमा एआईजी मगरले समन्वयका साथ शान्ति सुरक्षामा बनाउन निर्देशन दिएका हुन् ।

एआईजी मगर मधेश प्रदेशमा खटिई समग्र मधेश प्रदेशमा शान्ति, सुरक्षा कायम गर्न समन्वयात्मक कार्य गरेका छन् । मधेश प्रदेशका जिल्लाहरूको शान्ति सुरक्षा र प्रदर्शनहरू क्रमशः साम्य भएर गएका छन् ।

एआईजी मगरले सरोकारवाला पक्षहरू, स्थानीय प्रशासन तथा अन्य सुरक्षा निकायहरूसँग समन्वयात्मक छलफल गर्नुका साथै सबै सुरक्षा निकायहरूसँग प्रभावकारी समन्वय गर्दै उच्च सतर्कताका साथ परिचालित भई आवश्यक सुरक्षा व्यवस्था मिलाउन सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

Published : Sunday, 2026 August 2, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया