नक्कली कुरा गरेर टरीगाउँ एयरपोर्ट बन्दैन, पहिला १७ बिघा जग्गा अधिग्रहण गर्नुपर्छ : पूर्वमन्त्री गिरी

तुलसीपुर । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक बोहराले झण्डै दुईतिहाइको बहुमत पाएको रास्वपाका सांसद र नेताहरूलाई नक्कली कुरा नगर्न सचेत गराएका छन् ।

शनिबार दाङको हापुरेमा शहीद सालिकराम घिमिरेको २८औँ स्मृति दिवस एवम् सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता गिरीले टरीगाउँ विमानस्थलका विषयमा नक्कली र झुठ कुरा नबोल्न चेतावनी दिएका हुन् । उनले भने, ‘बन्दैन टरीगाउँ । उड्दैन प्लेन । यहाँ झुक्याएर केही हुँदैन । क्यानले गर्छ । ख्यानले गर्छ भने हुँदैन । म धेरै टिकाटिप्पणी गर्न चाहन्न । म दशैँतिरहासम्म बोल्दैन भनेर इन्टरभ्यु दिएको थिएँ ।’

‘टरीगाउँ एयरपोर्ट एक करोड, पाँच करोड, दश करोड, २५ करोड, ४० करोडले बन्दैन,’ पूर्वमन्त्री गिरीले भने, ‘बुझ्नु होला १७ बिघा जग्गा अधिग्रहण गरेर सरकारले किन्दैन र टेण्डर गर्दैन भने के को बहुवर्षीय ? के को के ?’

नेता गिरीले भने, ‘विकास राम्रो गर्नुस् । नक्कली कुरा गरेर होइन । कति दुःख गरेर फोरलाइन सडकलाई हामीले टेण्डर गराएका हौँ ।’

टरीगाउँ एयरपोर्ट बनाउन १७ बिघा जग्गा अधिग्रहण र ७० देखि ९० करोड बजेट भयो भने मात्रै एयरपोर्ट बन्ने नेता गिरीले बताएका छन् । अन्यथा टरीगाउँ एयरपोर्ट बन्न नसक्ने उनले बताएका छन् । सरकारको पैसाले १७ बिघा जग्गा पहिला किन्नुपर्ने गिरीले बताए ।

कार्यक्रममा कांग्रेस नेता रामहरि खतिवडासहितका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2026 August 1, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया