बाँकेमा भारतको आर्थिक सहयोगमा विद्यालय भवनको शिलान्यास
नेपालगञ्ज । भारत सरकारको आर्थिक सहयोगमा बाँकेको खजुरा गाउँपालिका–४ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माणका लागि शिलान्यास भएको छ ।
शुक्रबार खजुरा– ४ मा काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर गीताञ्जलि ब्रैंडन र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बि.क.ले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
भारत सरकारको आर्थिक सहयोग करीब नेरु ३.२ करोड लागतमा विद्यालय भवनको निर्माण हुनेछ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना बाँकेको खजुरा गाउँपालिकामार्फत कार्यान्वयन हुनेछ ।
बाँके जिल्लामा सञ्चालन भइरहेको ८औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना रहेको भारतीय राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
खजुरा गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका छन् । उनीहरूले नयाँ पूर्वाधारले खजुरा गाउँपालिकाका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइको वातावरण बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको भारतीय राजदूतावासले जनाएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया