झण्डै दुईतिहाइको बालेन सरकारले समयमा दिन सकेन राहदानी, सेवाग्राहीले दुःख पाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइको सरकारले सहज रुपमा राहदानी उपलब्ध गराउन नसक्दा सेवाग्राही युवा, युवतीहरू तनाबमा परेका छन् ।

दुई दिनदेखि काठमाडौंको त्रिपरेश्वरस्थित राहदानी विभाग अस्तव्यस्त बनेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले राहदानी र नागरिकता सेवाग्राहीलाई घरमा पुर्‍याइदिने भनेको थियो । सरकारको त्यो भनाइ नारामा सीमित भएको छ ।

राहदानी बनाउन सेवाग्राहीहरू लामा लामा लाइनमा बसेका छन् । राहदानी बनाउने लाइनमा युवा, युवतीहरू धेरै छन् ।

दक्षिण कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले बिहीबारदेखि विद्युतीय राहदानीसम्बन्धी सेवा दुई सिफ्टमा सञ्चालन गरिरहेको जनाएको छ ।

विभागले बुधबार सूचना जारी गरी २२ साउनसम्म सेवा दुई सिफ्टमा सेवा सञ्चालन गर्ने जनाएको थियो ।

पछिल्लो एक सातादेखि विशेषगरी दक्षिण कोरियाको ईपीएसका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेपछि सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।

Published : Thursday, 2026 July 30, 3:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया