सुनसरी घटनाले तनाब बढाएपछि सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी
लहान । सुनसरीको कप्तानगञ्जमा २४ वर्षीय ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भएको घटनाको विरोधमा प्रदर्शनहरू हुन थालेपछि स्थानीय प्रशासनले सिरहामा कर्फ्यु आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय, सिरहाले बिहीबार दिउँसो २ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्म कर्फ्यु लगाएको छ । पूर्व पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका वडा नं. ३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चोक, उत्तरतर्फको गोलबजार वडा नं. ६ को सैनिक चोकदेखि दक्षिणतर्फ, गोलबजार वडा नं. ४ को रा.प्र.रा.प्र.बहुमुखी क्याम्पस वरीपरीको क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको सूचनामा उल्लेख छ ।
आन्दोलन वा हुल दंगा बढ्न सक्ने जोखिम देखिएकाले कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशमा उल्लेख छ । गोलबजार नगरपालिकाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको छ ।
सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा प्रदर्शन फैलिएको छ ।

बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया