राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच भेट

काठमाडौं । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि उत्पन्न असहज परिस्थिति बनेका बेला राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् ।

बिहीबार शीतल निवासमा सभामुख अर्यालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सङ्घीय संसद्का गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा विचार–विमर्श भएको सभामुखको सचिवालयले जनाएको छ ।

यसअघि, सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसहित विपक्षी दलका नेता र प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।

Published : Thursday, 2026 July 30, 12:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया