सभामुखद्वारा प्रधानमन्त्रीलाई सुनसरी घटनाबारे संसदमा सम्बोधन गर्न सुझाव, प्रमुख सचेतकहरूसँग छलफल
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित विभिन्न राजनीतिक दलका नेताहरूसँग अलग अलग भेट गरेका छन् ।
बुधबार सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग भेट गरेका हुन् । मंगलबार अर्यालले एमाले संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेट गरेका छन् । अर्यालले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग भेट गरेका छन् ।
भेटमा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको अर्यालको निजी सचिवालयले जनाएको छ ।
मंगलबार सभामुख अर्यालले विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका छन् । छलफलमा प्रतिनिधि सभाको कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा विचार आदानप्रदान भएको छ ।
अर्यालले सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाका विषयमा संसददमा उपस्थित भई धारणा राख्न प्रधानमन्त्री शाहलाई आग्रह गरेका छन् ।
बुधबार प्रधानमन्त्रीसँग भएको भेटवार्तामा सभामुख अर्यालले समसामयिक विषयमा सरकारको आधिकारिक धारणा संसदमार्फत सार्वजनिक हुँदा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेका हुन् ।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई प्रतिनिधि सभामा सम्बोधन गर्न सुझाव दिएको र प्रधानमन्त्रीले त्यसबारे विचार गर्ने जवाफ दिएको जानकारी दिएका छन् ।
आइतबार राति सुनसरीको कप्तानगञ्जमा भएको घटनामा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि सुनसरीसहित मधेस प्रदेशका जिल्लाहरूको अवस्था तनावपूर्ण बनेको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया