कांग्रेस नेता बस्नेतद्वारा श्रेष्ठलाई आर्यघाटमा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले स्व.गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

बुधबार पशुपति आर्यघाटमा पुगेर नेता बस्नेतले श्रेष्ठको पार्थिव शरीरमा फूलमाला लगाइदिएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । श्रेष्ठलाई परिवारजन, शुभेच्छकसहित विभिन्न राजनीतिक दलका नेताहरूले पशुपति आर्यघाटमा पुगेर श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता श्रेष्ठको मंगलबार ललितपुरमा उपचारका क्रममा निधन भएको थियो ।

Published : Wednesday, 2026 July 29, 6:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया