राष्ट्रपति पौडेल र रास्वपाका सभापति लामिछानेबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेट गरेका छन् ।

बुधबार शीतलनिवासमा सभापति लामिछाने राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । उनीहरूका बीच समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको छ ।

सभापति लामिछानेले राष्ट्रपति पौडेललाई सर्वदलीय बैठकबारे जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

Published : Wednesday, 2026 July 29, 12:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया