भारतको सहयोगमा ललितपुरमा गुस्तल र प्रथमश्री महाविहारको उद्घाटन
जावलाखेल । भारत सरकारको सहयोगमा ललितपुरको पाटनको गुइत टोलस्थित नयाँ पुनर्स्थापित साँस्कृतिक सम्पदास्थल गुस्तल महाविहार तथा प्रथमश्री महाविहारको आगमको संयुक्त रुपमा उद्घाटन गरिएको छ ।
मंगलबार पाटनमा आयोजित कार्यक्रममा रास्वपाका सांसद जगदीश खरेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग करीब नेरु. १२ करोड लागतमा गुस्तल महाविहार तथा प्रथमश्री महाविहारको आगमको पुनर्निर्माण गरिएको हो । नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)द्वारा कार्यान्वयन गरिएको छ । जसको डिजाइन र परियोजना व्यवस्थापन परामर्श सेवा इन्डियन नेशनल ट्रष्ट फर आर्ट्स एण्ड कल्चरल हेरिटेजले उपलब्ध गराएको थियो ।
सांसद खरेलले स्थानीय समुदायको उत्थानशीलताको प्रशंसा गरेका छन् । उनले गुस्तल महाविहारजस्ता प्राचीन जीवन्त सम्पदास्थलहरूको संरक्षणको आवश्यकता रहेको बताए ।
नगर प्रमुख महर्जनले ललितपुर र नेपालका अन्य जिल्लाहरूमा साँस्कृतिक सम्पदास्थलहरूको पुनर्निर्माण र पुनर्स्थापनाका लागि भारत सरकारले पु¥याएको योगदानको प्रशंसा गरेका छन् । महर्जनले समुदायले गरेको सहयोगको पनि प्रशंसा गरेका छन् ।
नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले भारत र नेपालबीचको गहिरो साँस्कृतिक सम्बन्धका बारे प्रकाश पारेका छन् । उनले नेपालका ऐतिहासिक धरोहरहरूको पुनर्स्थापनाका लागि भारतले गर्दै आएको निरन्तर सहयोगको चर्चा गरेका छन् । उनले यी पुनर्निर्माण गरिएका संरचनाहरू दुई देशबीचको साझा सम्पदा र मित्रताको दिगो प्रतीकका रुपमा रहेको बताए ।
भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण सहायतामार्फत नेपालका ८ वटा जिल्लाका ३० वटा साँस्कृतिक सम्पदा स्थलहरुको संरक्षणमा सहयोग गरेको छ । भारतले गोरखा र नुवाकोट जिल्लामा ५०,००० निजी आवासहरूको पुनर्निर्माण, ८ वटा जिल्लामा ८५ वटा शैक्षिक संस्थाहरूको पुनर्निर्माण र नेपालका ११ वटा जिल्लामा १३३ वटा स्वास्थ्य संरचनाहरूको पुनर्निर्माणमा पनि सहयोग गरेको छ ।
यो परियोजनाले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारको प्रयासको सराहना गर्नुका साथै भारत र नेपालबीचको गहिरो र व्यापक विकास साझेदारीलाई समेत प्रतिविम्बित गरेको भारतीय राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया