काठमाडौं महानगरका अधिकृत भट्टराईलाई अख्तियारद्वारा घुसको रकमसहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत (छैठौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ गरेको छ ।
भट्टराईलाई अख्तियारको टोलीले २१ हजार रुपियाँ घुससहित शुक्रबार पक्राउ गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।
भट्टराईले स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस÷रिसवत माग गरेका थिए । सोही सूचनाका आधारमा अख्तियारको टोली खटिएको थियो ।
भट्टराईलाई अख्तियारको टोलीले सेवाग्राहीबाट लिएको २१ हजार रुपियाँ घुससहित वडा कार्यालयबाट पक्राउ गरेको छ ।
Published : Saturday, 2026 July 25, 2:25 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया