सरकार र कन्टेन क्रिएटर गृहमन्त्रीका कारण गणेश नेपालीको ज्यान गयो : सांसद शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद एवम् संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सरकारको लापरबाही र कन्टेन क्रिएटर गृहमन्त्रीका कारण गोपाल नेपालीको ज्यान गएको कठोर टिप्पणी गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद शाहीले गृहमन्त्रीले युट्युबहरूलाई बोकेर कन्टेन क्रिएटर गर्नुभन्दा नेपाल वायुसेवा निगमको जहाजलाई एयर एम्बुलेन्स बनाइ दिल्ली लगेर उपचार गरेको भए गणेश नेपालीको जीवन बाँच्ने बताएका छन् । उनले सरकारको लापरबाहीले गणेश नेपालीले सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नपाएर जीवन गुमाउनु परेको बताए ।
सांसद शाहीले भने, ‘नीति तथा कार्यक्रम यस्तो नबनाऔँ जुन जनताले थेग्न सक्ने होस् । आफ्नो घरबार बेचेर राज्यको जरिवाना तिर्नुपर्ने कानूनले न राज्य सुरक्षित हुन्छ, न जनताको जीवन सुरक्षित हुन्छ ।’
‘यो युरोप होइन । यो नेपाल हो । नेपालमा सबै अरबपति छैनन्,’ शाहीले भने, ‘सबै करोडपति छैनन् । हामी युरोपका देशमा भन्दा धेरै कर तिर्छौं । सुविधा भने हामीले सोमालियाको भन्दा तल्लोस्तरको सुविधा पाउँछौँ ।’
उनले भने, ‘नागरिकले औसत ४० प्रतिशतभन्दा बढी हिस्सा करमा तिर्छन् अहिले पनि । तर, के दियौँ त हामीले ? राज्यले के दिन्छ हामीलाई ? ४० प्रतिशत कर दिँदा न त शिक्षा निःशुल्क दिन्छ, न त स्वास्थ्य निःशुल्क दिन्छ, न त गतिलो बाटो दिन्छ, न त पार्किङ गर्ने व्यवस्था दिन्छ ।’
‘राज्यले करमाथि कर लिएपछि यो देश कसरी बन्छ ? रोड ट्याक्सदेखि अन्य ट्याक्स गन्ने हो भने अहिले २ सय ९६ प्रतिशतसम्म राज्यले कर असुल्छ । सुविधा केही पनि छैन,’ सांसद शाहीले भने ।
‘यसको बदलामा जनताले के पाउँछ ? मृत्यु पाउँछ । आत्महत्या पाउँछ । जो गणेश नेपालीको भेषमा हिजो भयो,’ राप्रपाका सांसद शाहीले भने ।
सांसद शाहीले गृहमन्त्री सुधन गुरुङमाथि कडा प्रहार गरेका छन् । गृरुङलाई गृहमन्त्री बनेर जनताको काम गर्न सांसद शाहीले आग्रह गरेका छन् । शाहीले गृहमन्त्री गुरुङलाई युट्युबरहरूलाई बोकेर कन्टेन क्रिएटर नबन्न सुझाव दिए ।
‘गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु । तपाई गृहमन्त्री हो कि कन्टेन क्रिएटर हो ? गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट, कहिले कता ? कहिले उता दौडी रहनुभएको थियो । पूरै क्यामरा बोकेर ।’
‘यदि साँच्चिकै उपचार गर्ने उद्देश्य थियो भने आज गणेश नेपालीको मृत्यु हुने थिएन । आज उनको जीवन बाँच्ने थियो,’ सांसद शाहीले भने, ‘हामीलाई क्यामरामा गृहमन्त्री कहाँ हिँड्यो ? आज गृहमन्त्रीले युट्युबहरू चलायो, आज युट्युबमा कति कन्टेन क्रिएटर ग¥यो त्यो महत्वपूर्ण कुरा होइन ।’
उनले भने, ‘महत्वपूर्ण कुरा गृहमन्त्रीको आदेशबाट जनताको जीवन बाँच्यो कि बाँचेन ? भन्ने कुरा हो । सुविधा सम्पन्न अस्पतालमा उपचार गरिदिएको भए, एयर एम्बुलेन्समा पुर्याइदिएको भए । त्यो एयरपोर्टमा दौडिनुको सट्टा एउटा प्लेन मात्रै पठाएर दिल्ली जान कति लाग्छ ? दुई घण्टा । आज गणेश नेपालीको जीवन बाँच्थ्यो ।’
‘के भयो ? कन्टेन क्रिएटर लाईक, भ्युज पुर्याउनका लागि गरिने गतिविधिले एकछिन त मान्छेले वाहा वाहा भन्ला । तर, गन्तव्यमा यसले घाटा नै गर्छ,’ सांसद शाहीले भने ।
‘गृहमन्त्रीलाई जिम्मेवारी बन्न कन्टेन क्रिएटर नबनी देशको बास्तविक गृहमन्त्री बन्न म अनुरोध गर्न चाहन्छु,’ सांसद शाहीले भने, ‘गृहमन्त्री र मन्त्रीज्यूहरूलाई सडकमा चटक देखाउने होइन । काम गर्नका लागि आदेश दिने हो ।’
‘आदेशको पालना भयो कि भएनर त्यसको कार्यान्वयन गर्ने हो । हिजो सडकमा प्रदर्शन गर्नुभन्दा गणेश नेपालीलाई राति नै हेलिकप्टरबाट उद्दार गरी नेपाल वायुसेवा निगमको जहाजबाट एयर एम्बुलेन्सबाट दिल्ली पुर्याइदिएको भए यो अवस्था हुँदैन थियो,’ सांसद शाहीले भने ।
उनले भने, ‘प्रतिनिधि सभाको गेट अगाडि इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नु भएको थियो भने आज ठ्याक्कै २/३ वर्ष नपुग्दै आज मुगुका गणेश नेपालीले पेट्रोल छर्किएर आज आत्मदाह गर्नु पर्यो ।’
‘उनीहरूको पीडा एउटै थियो कि यो देशमा गरेर खान पाउँ । बसेर गर्न पाउँ । बसेर गर्न पाउँ भन्ने हो । सरकार फेरिए, कुर्सी फेरिए, जनताको पीडा फेरिएन । कुर्सी फेरिनु, सरकार फेरिनु महत्वपूर्ण कुरा रहेन । महत्वपूर्ण कुरा जनताको जीवन फेरिनुपर्ने रहेछ,’ सांसद शाहीले भने ।
‘सरकारले जनताको जीवन सहजन बनाउने होइन, झन् कठिन बनयो । सरकारको नारा अत्यन्तै राम्रो छ । गरिबको चमेली बोलिदिने कोही छैन । बोल्न दे सरकार, बोल्न दे सरकार, मनको कुरा खोल्न दे सरकार । आज गरिब, दुखी जनतालाई सरकारले करमाथि कर थपेर बिजोगको अवस्थामा पु¥याएको छ,’ सांसद शाहीले भने ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया