आत्मदाहको घटनापछि प्रधानमन्त्री बालेन निकट मानिने भिक्टरको कठोर टिप्पणी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) निकट मानिने ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेलले गणेश नेपालीको आत्मदाह प्रकरणमा कठोर टिप्पणी गरेका छन् ।
भिक्टरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘के जरिवाना मानवीय जीवनभन्दा महँगो हुन्छ ?’ प्रधानमन्त्री शाह निकट मानिने भिक्टरको कठोर टिप्पणीले झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार र प्रधानमन्त्री शाहमाथि विभिन्न खालका प्रश्न उब्जाइदिएको छ ।
गणेशको आत्मदाह प्रकरणले सरकारको आलोचना भइरहेको छ । काठमाडौं उपत्यकामा पार्किङ र जरिवानाको विषयले चुनौती थपिदिएको छ ।
बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा गणेशले आत्मदाहको प्रयास गरेका थिए । गम्भीर अवस्थामा गणेशको उपचार वीर अपस्तालमा भइरहेको छ । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मोटरसाइकलमा ह्वील लक गरिदिएपछि तनाबमा परेका गणेशले आफ्नै मोटरसाइबलबाट पेट्रोल निकालेर शरीरमा खन्याएर आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको प्रयासपछि गम्भीर अवस्थामा रहेका गणेशलाई त्रिपुरेश्वरबाट बाटोमा हिँडाएर वीर अस्पताल पु¥याइएको घटनाको भिडियो झन् दर्दनाक छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया