मिडिया ट्रायल भयो, मेरो बदनाम गर्न गर्नेहरूको भलो नै होस् : कांग्रेस नेता खड्का
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले आफूविरुद्ध केही समयदेखि निरन्तर भ्रामक समाचार प्रकाशन÷प्रसारण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
बिहीबार प्रेस नोट जारी गरेर नेता खड्काले चरित्रहत्या गर्ने गरेर आफूविरुद्ध मिडिया ट्रायल भएको बताएका हुन् । उनले भने, ‘मेरो बारेमा केही समयदेखि निरन्तर भ्रामक, कपोलकल्पित, चरित्रहत्या गर्ने तथा बदनाम गराउने उद्देश्यबाट मिडिया ट्रायल गरि समाचार सम्प्रेषण भैइरहेकोप्रति म आश्चर्यचकित छु ।’
‘आज मात्रै नयाँ पत्रिका दैनिकले ‘पूर्वमन्त्री खड्कासँग भेटियो एक अर्बमाथिको सम्पत्ति, धैरै सम्पत्तिको स्रोत खुलाउन सकेनन्’ भन्ने समाचार छापेछ,’ खड्काले भने, ‘यो कपी (हु–बहु शेयर) गर्दै दर्जनौ अनलाइन तथा सामाजिक सञ्जालमा समाचार सम्प्रेषणप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘मलाई पनि जस्तालाई त्यस्तै जवाफ दिन त आउँछ तर, मसँग जिम्मेवारीवोधले हल्का टिप्पणी गर्ने बानी छैन,’ कांग्रेस नेता खड्काले भने, ‘म राजनीति मात्रै गर्दिन, राजनीतिमा आउनु अघिदेखि ब्यवसाय गर्दै आएको थिएँ र अहिले पनि छ ।’
नेता खड्काले भने, ‘सबैको अडिट सहित एक–एक कर राज्यलाई तिरेको छु । राजनीति मार्फत समाजसेवा, देशको विकास र जनताको हितको लागि निरन्तर सक्रिय छु ।’
‘म खुला किताब हुँ । राज्यका सबै निकायले गर्ने अनुसन्धानमा मेरो सदैव सहयोग रहन्छ,’ उनले भने, ‘सम्पत्ति शुद्धीकरण विभागले जेनजी आन्दोलनपछि ८ महिना अनुसन्धान गरेको भन्दै चैत्र १५ गते पक्राउ नै गरेर अनुसन्धान नै गर्यो ।’
उनले भने, ‘सम्पत्ति शुद्धीकरण विभाग, आन्तरिक राजस्व विभाग हुदै राजस्व अनुसन्धान विभाग डुलाएर थुन्ने अनेकौं प्रयास गर्दा सम्मानित सर्वोच्च अदालतबाट न्याय मिलेको सबैमा जगजाहेर नै छ ।’
‘मेरो गल्ती वा कमजोरी भेटेको भए, मलाई छोड्थे होला र ?,’ उनले भने, ‘सम्वन्धित विभागहरूले पनि यसबारेमा अहिले प्रष्ट पारेकै छन् । खाएको विष लाग्ने हो, नखाएको लाग्दैन ।’
उनले भने, ‘अहिले पनि मिडिया ट्रायल गर्ने, हावादारी र नियोजित, योजनाबद्ध समाचार निकाल्नेप्रति धेरै भन्नु छैन । प्रेस काउन्सिलमा निवेदन दिएको छु । यहीबाट कानूनी उपचार शुरु गरेको छु ।’
‘म भगवानप्रति विश्वास गर्छु, मेरो बदनाम गर्न खोज्ने र गर्नेहरूको भलो नै होस् तर, सत्य र तथ्य खोज्ने सद्बुद्धि आओस्,’ कांग्रेस नेता खड्काले भनेका छन् ।
नयाँ पत्रिका दैनिकले कांग्रेस नेता एवम् पूर्वमन्त्री खड्काविरुद्ध एक अर्बमाथिको सम्पत्ति भनेर समाचार प्रकाशित गरेको छ । सो समाचारलाई केही अनलाइन र सञ्चारमाध्यमहरूले कपीपेस्ट गरेर जस्ताको त्यस्तै प्रकाशित गरेपछि नेता खड्काले चिन्ता जनाएका हुन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया