कांग्रेसलाई एकताबद्ध बनाउन देउवा पक्षीय नेताहरुद्वारा सम्पर्क कार्यालय स्थापना
काठमाडौं । नेपाली कांग्रेसलाई गगन थापाले हाइज्याक गरेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निकटका नेताहरुले सम्पर्क कार्यालय स्थापना गरेका छन् ।
काठमाडौंको अनामनगरमा देउवा समूहका युवा नेताहरुले सम्पर्क कार्यालय स्थापना गरेका हुन् । उनीहरुले नेपाली कांग्रेसमा एकता र पार्टीलाई बचाउन भन्दै सम्पर्क कार्यालय स्थापना गरेको जनाएका छन् ।
नेताहरू जीतजंग बस्नेत, गुरु बराल, जीतबहादुर शेरचन, कुन्दन काफ्ले, केदार कार्कीलगायतको सक्रियतामा सम्पर्क कार्यालय स्थापना भएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई केन्द्रित गरेर सम्पर्क कार्यालय स्थापना गरिएको नेताहरुले बताएका छन् । उनीहरुले सम्पर्क कार्यालयलाई नयाँ पार्टी बनाउन लागेको भनेर नबुझ्न नेताहरुले बताएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन दवाव सिर्जना गर्न देउवा पक्षीय युवा नेताहरुले सम्पर्क कार्यालय खोलेको बताएका छन् । वैशाखदेखि नै सम्पर्क कार्यालय स्थापना गरी कामकारबाही अघि बढाइएको नेविसंघका नेता मनीषजंग थापाले बताएका छन् ।
कांग्रेसका नेताहरु विद्या तिमिल्सिना, उषा राउत मिश्र, मनहरि श्रेष्ठ, नेविसंघ नेता मनीषजंग थापा, दुर्गाबहादुर खड्कालगायतले पनि सम्पर्क कार्यालयबाट १५औँ महाधिवेशन केन्द्रित गतिविधि हुने बताए । उनीहरुले कांग्रेसलाई एकतावद्ध बनाउन सम्पर्क कार्यालय स्थापना गरिएको बताएका छन् ।
सम्पर्क कार्यालयमा चारतारे झण्डासँगै वीपी कोइराला, सुवर्णशम्शेर जबरा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा र खुमबहादुर खड्काको तस्वीर लहरै झुण्ड्याइएको छ ।
भृकुटीमण्डपको कथित विशेष महाधिवेशनबाट गगन थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर निर्वाचन आयोग र सर्वोच्च अदालतबाट मान्यता पाएपछि देउवा पक्षीय नेताहरुले १५औँ महाधिवेशनमा केन्द्रित रहेर गतिविधि गर्दै आएका छन् । देउवा पक्षीय नेताहरुले पार्टी एकताका लागि तयार रहेको बताए पनि गगन थापा समूहले कांग्रेसलाई मिलाएर लैजाने भन्दा पनि मन नपरेका र विरोधी नेताहरुलाई पार्टीबाटै निकाल्ने रणनीतिका साथ अगाडि बढेका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया