कांग्रेस विभाजनको डिलमा पुग्यो, सम्वेदनशील बनौँ : पूर्णबहादुर खड्का
वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा पुगेको बताएका छन् ।
शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित शेरबहादुर देउवा पक्षीय नेताहरु र नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले आयोजना गरेको ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा खड्काले पार्टी विभाजनको डिलमा पुगेको बताएका हुन् ।
नेता खड्काले आफूले पार्टी विभाजनको बाटोमा जान नहुने सुझाव दिएको बताएको बताएका छन् । ‘पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुन्न, तर पार्टी मिलाउने कि फुटाउने भन्ने जिम्मा दुईजनाको हातमा छ, मैले भनेको छु,’ उनले भने, ‘गगन थापा सिंगो कांग्रेसको नेता बन्न सक्नुपर्छ ।’
खड्काले आफूले पटक–पटकको भेटमा पार्टीभित्र सबैलाई समेटेर अघि बढ्न भनेको बताए । ‘सानेपाको मात्रै सभापति देखिएर भएन,’ उनले भने, ‘क्रियाशील सदस्यहरूले पनि आफ्नो भएको महसुस गर्नुप¥यो ।’
विशेष महाधिवेशनकै कारण पार्टी कमजोर बनेको उनले बताएका छन् । ‘विशेष महाधिवेशनकै प्रभावका कारण प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस खुम्चिन पुगेको छ,’ नेता खड्काले भने, ‘विशेष महाधिवेशनका कारण कांग्रेस ३८ सिटमा खुम्चियो । कांग्रेसको यस्तो अवस्था नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो ।’
शेरबहादुर देउवा पक्षीय नेताहरुको सो भेलाका वक्ताहरुले अपमान सहेर बस्न नसकिने र कथित विशेष महाधिवेशनबाट आएको नेतृत्वले सबैलाई समेटेर जानका लागि प्रस्ताव ल्याउनुपर्ने बताएका छन् । यस्तै अवस्था रहेमा कांग्रेस विभाग हुन सक्ने नेताहरुले चेतावनी दिएका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया