शासक, राजा, महाराजाको जस्तै गगनको कर्सी

काठमाडौं । भृकुटीमण्डपको कथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर सभापति बनेका गगनकुमार थापाको कुर्सी र आसनलाई लिएर विभिन्न खालका टिकाटिप्पणी भएका छन् ।

परिवर्तन र सुशासन लगायतको कुरा उठाएर सभापति बनेका थापाले आफू बस्ने कुर्सी शासक, राजा, महाराजाको जस्तो बनाएर राखेका छन् । सोही कुर्सीमा बसेर आफूलाई भेट्न आउनेहरुसँग भेट गर्ने गरेका छन् । परिवर्तन र सुधारका नाममा सभापति बनेका थापाको शैलीले उनलाई नै प्रश्न उठाइरहेको छ । आफूलाई भेट्न आउने नेताहरुलाई सामान्य सोफामा राखेका छन् । आफू भने ठूलो कर्सीमा राजाको शैलीमा बसेको देखिन्छ ।

पार्टी कार्यालय, सानेपामा थापाले आफू बस्नका लागि आलिशासन कुर्सी बनाएर राखेका छन् । सोही कुर्सीमा थापाले राजा, महाराजाको शैलीमा बसेर भेटघाट गर्ने गरेको एक नेताले बताएका छन् ।

शुक्रबार सानेपास्थित कार्यालयमा सोही कुर्सीमा बसेर राजा, महाराजाको शैलीमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहसँग भेट गरेका छन् । कुर्सीमा थापाको बसाइँ र हाउभाउलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

तत्कालीन सभापति शेरबहादुर देउवा, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला समेत थापाको शैली र हर्कतमा आलिशासन कुर्सी राखेर बसेका थिएनन् । सबैलाई उछिन्ने गरेर थापाले आफ्नो कुर्सी बनाएर राखेका छन् ।

Published : Friday, 2026 May 15, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया