बालमन्दिरको जग्गा घोटालामा मुछिएका पोखरेल कांग्रेसको अनुशासन समितिबाट हटाइए

काठमाडौं । बालमन्दिरको जग्गा घोटाला प्रकरणमा मुछिएका सुवास पोखरेल नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिबाट हटाइएका छन् ।

समिति पुनर्गठन भएपछि विवादित छविका नेता पोखरेल भूमिगत सरह छन् । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारी जग्गा घोटालामा जोडिएका फाइलहरु कार्यान्वयनमा अगाडि बढेपछि कांग्रेस नेता पोखरेल भूमिगत सरह छन् । पोखरेल सार्वजनिक कार्यक्रमहरुमा देखिएका छैनन् ।

कथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेसलाई तहस नहस बनाउने भूमिकामा पोखरेलको पनि ठूलो गतिविधि छ । पोखरेललाई कथित विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापाले अनुशासन समितिको सदस्य बनाएका थिए । विवादित पोखरेल पक्राउ पर्ने सम्भावना बढेपछि थापाले समितिबाट हटाएका छन् ।

अनुशासन समितिको संयोजकमा तारामान गुरुङ र सदस्यहरुमा धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपाली रहेका छन् । यो समितिले पनि विवादित गतिविधि गर्दै आएको छ ।

Published : Friday, 2026 May 15, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया