विशेष महाधिवेशनबाट आएको कांग्रेस नेतृत्वद्वारा १९ केन्द्रीय सदस्य मनोनयन
काठमाडौं । कथित विशेष महाधिवेशबाट आएको नेपाली कांग्रेसको नेतृत्वले १९ जना केन्द्रीय सदस्य मनानयन गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयबाट सोमबार जारी प्रेस विज्ञप्ति अनुसार नेपाली कांग्रेसको विधान, २०१७
९संशोधन सहित० को धारा २१ को उपधारा ९१०० बमोजिम देहायका महाधिवेशन प्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरिएको उल्लेख छ ।
केन्द्रीय सदस्य मनोनयन हुनेमा महेन्द्र यादव — धनुषा, जीवन परियार — कास्की, उमेश श्रेष्ठ — चितवन, रमेश रिजाल — पर्सा, सुजाता कोइराला — मोरङ, दिलेन्द्रप्रसाद बडू — दार्चुल, चन्द्रकान्त भण्डारी — गुल्मी, अजयकुमार चौरसिया — पर्सा रहेका छन् ।
लक्ष्मी परियार — उदयपुर, आङ्गेलु शेर्पा — सोलुखुम्बु, दिनेशकुमार यादव — सप्तरी, राजीव कोइराला — सुनसरी, राजीव ढुंगाना — सुनसरी, प्रा डा गोविन्दराज पोखरेल — प्यूठान, सुशीला मिश्र भट्ट — कैलाली पनि केन्द्रीय सदस्य मनोनयन भएका छन् ।
केन्द्रीय सदस्य मनोनीत हुनेमा नागिना यादव — महोत्तरी, दिनेश कोइराला — चितवन, डा जीवन राना — कैलाली र सीता थपलिया उर्मिला— धादिङ रहेका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया