अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेट
काठमाडौं । एमालेका अध्यक्ष केपी ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेट भएको छ ।
आइतबार भक्तपुरमा अध्यक्ष ओलीसँग पूर्वराष्ट्रपति भण्डारीले भेट गरेकी हुन् । भण्डारीले ओलीको स्वास्थ्य लाभको कामना गरेकी छिन् ।
भण्डारीले पत्थरीको शल्यक्रियापछि आराम गरिरहेका ओलीलाई निवासमै पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको बताइएको छ । भण्डारी ओली अस्पतालमै रहेका बेला पनि भेट्न गएकी थिइन् ।
एमालेमा पदाधिकारीहरुकै तहबाट ओलीलाई राजीनामा गराएर पार्टी पुनर्गठनको प्रयास भइरहेका बेला उनीहरुले भण्डारीसँग पनि पटकपटक छलफल गरेका छन् ।
एमालेमा भइरहेका पछिल्लो भेला तथा नेताहरुका अभियानको बारेमा पनि दुई नेताबीच समीक्षा भएको भण्डारीनिकट स्रोतले जनाएको छ । पछिल्लो समय ओली र भण्डारीबीच चिसिएको सम्बन्धमा सुधार आएको बताइन्छ ।
ओलीले नेतृत्व छाड्ने अवस्थामा अहिलेका पदाधिकारीबाट कोही पनि विकल्प नरहेको भन्दै एकथरी नेताले अन्तरिम अवधिका लागि भने पनि विद्या भण्डारीको नेतृत्वमा पार्टीलाई पुनर्गठन गर्नुपर्ने बताउँदै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया