मिडिया ट्रायल गरेको २४ घण्टामै गगनद्वारा मीनालाई नियुक्त, मनीषलाई तरुण अध्यक्ष बनाउन आमाको दौडधुप

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मिडिया ट्रायल गरेको २४ घण्टाभित्रै नेपाल महिला संघको अध्यक्षमा मीनाकुमारी खरेललाई नियुक्त गरेका छन् ।

भ्रातृ संस्थाहरूको प्रमुख नियुक्त गर्दा विरोध र समर्थन के कस्तो हुन्छ भनेर गगनले बिहीबार राति मिडिया ट्रायल गरेका थिए । गगन निकटका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा नेपाल तरुण दलको अध्यक्षमा मनीष कोइराला, नेपाल महिला संघको अध्यक्षमा मीना र नेपाल विद्यार्थी संघको अध्यक्षमा करुणा कटुवालको तस्बिर सेयर गरेर बधाई र शुभकामना दिएका थिए ।

ती नामहरूमध्ये मीनाको महिला संघमा धेरै आलोचना र विरोध आएको थिएन । त्यसपछि शुक्रबार गगनले मीनालाई नेपाल महिला संघको अध्यक्षमा नियुक्त गरेका छन् ।

नेपाल तरुण दलको अध्यक्षमा मनीषको नाममा सबैभन्दा धेरै विरोध भइरहेको छ । मनीष माइती नेपाल एनजीओकी सञ्चालिका अनुराधा कोइरालाका छोरा हुन् । मनीषको विगतको पृष्ठ निकै विवादित छ । मनीषलाई नेपाल तरुण दलको अध्यक्ष बनाउन उनकी आमा अनुराधा निकै लागेकी छिन् । मनीषलाई तरुण दलको अध्यक्ष बनाउन पनि गगन पनि सकारात्मक छन् । मनीष र बिगतमा प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटेबीच पनि सम्बन्ध रहेको थियो ।

नेविसंघको अध्यक्षमा करुणाको नाममा पनि विरोध भइरहेको छ । महिला भएकै कारण करुणालाई नेविसंघको अध्यक्ष बनाउने हो भने अरु महिला नेतृहरू अन्याय हुने सामाजिक सञ्जालमा लेखिएका छन् । करुणाभन्दा सक्षम र नेविसंघमा योगदान गरेका महिला नेतृहरू धेरै छन् ।

Published : Friday, 2026 May 8, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया