पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् ।

भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको शालिक भत्काएर कम्युनिस्ट शासनको अन्त्यको घोषणा गरेका छन् ।

भारतीय सञ्चारमाध्यमहरूले दिएका समाचार अनुसार पश्चिम बंगालको मुर्सिदावादको जियागञ्जमा राखिएको भ्लादिमिर लेनिनको शालिक भत्काइएको छ ।

मंगलबार भाजपाका कार्यकर्ताले ममता बेनर्जीको दल तृणमूल कंग्रेसको कार्यालयमा डोजर चलाउनुका साथै आगजनी गरेका छन् । भाकपा (माक्र्सवादी)का अनुसार घटनामा जोडिएका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा भाजपासहितका पश्चिम बंगालका जनताले ‘सुवाषचन्द्र घोषको क्षेत्रमा लेनिन चाहिन्न’ भन्दै शालिक भत्काइएको समाचारमा उल्लेख छ ।

Published : Thursday, 2026 May 7, 12:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया