अख्तियारद्वारा चौरजहारी नगरपालिकाका नगर प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प बादीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मंगलबार अख्तियारले नगर प्रमुख बादी र सोही नगरपालिकामा करार सेवामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
शाहलाई करार सेवामा अवधि थप गर्न एक लाख रूपियाँ घुस लिएको मेयर बादीमाथि आरोप छ ।
आर्थिक वर्ष २०८१/०८२ को लागि म्याद थप गर्दा आफूसँग एक लाख मागेको र उक्त रकम मेयरको खातामा जम्मा गरेको तर, २०८२/०८३ को करार नवीकरण गर्नका लागि एक लाख मागेको र नदिँदा करार म्याद थप नगरी बर्खास्त गरेको भन्दै शाहले आयोगका उजुरी दिएका थिए ।
शाहलाई सेवा करार म्याद थप नवीकरण गरी सेवामा राखी रहने निर्णय गर्ने गराउने काम गरिदिएबापत मेयरले आफ्नो ओहदा एवम् सोसम्बन्धी काम गर्दा शाहलाई मोलाहिजा गरी चौरजहारी नगरपालिकालाई अनिष्ट गरी शाहबाट एक लाख लिएको पुष्टि भएको आयोगले जनाएको छ ।
शाहले समेत आफ्नो जागिरका लागि घुस दिएको भन्दै आयोगले उनलाई पनि प्रतिवादी बनाएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया