मुख्यमन्त्री बानियाँद्वारा बकैयामा वीपी स्मृति आधारभूत अस्पतालको उद्घाटन
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वास्थ्य क्षेत्रको सुधार गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति गराउन प्रदेश सरकार प्रयासरत रहेको बताएका छन् ।
बुधबार मकवानपुरको बकैया गाउँपालिकास्थित वीपी स्मृति आधारभूत अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले स्वास्थ्य क्षेत्रमा सुधार गर्दै नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकार प्रयासरत रहेको बताए ।
पछिल्लो समय हेटौँडा अस्पतालमा देखिएका समस्या समाधान गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लगिएको बताउँदै स्वास्थ्य संस्थामा औषधि तथा उपकरणको अभाव हुन नदिने बताएका छन् ।
गरिबका छोराछोरीलाई डाक्टर बन्न प्रदेश सरकारले छात्रवृत्ति लगायतका कार्यक्रमसमेत सञ्चालन गरेको बताउँदै मुख्यमन्त्री बानियाँले उपचारको अभावमा कुनै पनि नागरिकलाई ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गरिने बताए ।
संघीय सरकारको ६ करोड ५८ लाख ९९ हजार १७६ लागतमा निर्माण भएको अस्पताल भवनको मुख्यमन्त्री बानियाँले उद्घाटन गरेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया