निर्वाचन भयरहित वातावरणमा सम्पन्न भएको भन्दै गृहमन्त्रीले दिए धन्यवाद
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएकोमा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमान्ड पोस्ट तथा ७७ वटै जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।
बुधबार सिंहदरबारमा भर्चुअल रूपमा आयोजित निर्वाचन समीक्षा बैठकमा गृहमन्त्री अर्यालले रक्तपातविहीन र ऐतिहासिक सफलता केन्द्रदेखि फिल्डसम्म खटिने सम्पूर्ण कर्मचारी तथा सुरक्षा निकायको साझा र सामूहिक प्रयासको प्रतिफल भएको बताए ।
यस ऐतिहासिक निर्वाचन पश्चात् संविधानले सही बाटो समातेको र राजनीतिक सुशासनको जग बलियो भएको गृहमन्त्री अर्यालले बताएका छन् ।
बैठकमा सहभागी गृह सचिव लगायत विभिन्न तहका सुरक्षा पदाधिकारीहरूले असल नियतका साथ जिम्मेवारी पूरा गर्दा अन्तर्राष्ट्रिय पर्यवेक्षकबाट समेत उच्च प्रशंसा प्राप्त भएको र विगत ३० वर्षयताकै सबैभन्दा त्रुटिरहित निर्वाचन सम्पन्न भएको अनुभव सुनाएका छन् ।
सहभागीहरूले यस अभूतपूर्व सफलताका लागि गृहमन्त्री अर्यालको कुशल नेतृत्व र अभिभावकत्वको उच्च प्रशंसा गरेको गृहमन्त्री अर्यालको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया