प्रधानन्यायाधीशका लागि सपना प्रधानसहित ६ जनाको नाम सिफारिस
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जना न्यायाधीशको नाम न्याय परिषदले सिफारिस गरेको छ ।
परिषदको बैठकले आगामी १८ चैतदेखि रिक्त हुने प्रधानन्यायाधीशको नियुक्तिका लागि नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण आगामी १८ चैतमा अवकाश हुँदैछन् ।
न्यायपरिषदले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा.मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।
सर्वोच्च अदालतमा तीन वर्ष काम गरेका न्यायाधीशहरू प्रधानन्यायाधीशका लागि योग्य हुन्छन् ।
प्रतिनिधिसभा निर्वाचन भर्खरै सकिएकाले संवैधानिक परिषदले पूर्णता पाएको छैन । अहिले सभामुख, उपसभामुख, प्रमुख विपक्षी दलका नेताको टुंगो लागेको छैन ।
संवैधानिक परिषदले सिफारिस गर्ने प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइबाट अनुमोदन भएपछि नियुक्त हुन्छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया