लोकतन्त्रवादी शक्ति मिलेर जानु पर्छ : डा.कोइराला
लुम्बिनी । नेपाली कांग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रवादी शक्तिहरू मिलेर जानु पर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार भैरहवामा गरेको पत्रकार सम्मेलनमा डा.कोइरालाले कांग्रेसको अबको पहिलो संकल्प समृद्ध राष्ट्र बनाउनु रहेको बताए । उनले सत्ता गठबन्धनमा सहभागी दलहरू आशन्न निर्वाचनमा पनि मिलेर जानु पर्नेमा जोड दिए ।
लोकतन्त्रवादी शक्ति मिलेर गएको खण्डमा नेपाल छिट्टै स्थायित्व, शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्न सक्ने बताउँदै उनले त्यसका लागि सबैको भूमिका महत्वपूर्ण रहेको बताए ।
महामन्त्री कोइरालाले नेपाली कांग्रेस अब समृद्धिको एजेण्डा लिएर अगाडि बढ्ने बताए ।
समृद्ध राष्ट्र निर्माणका लागि आगामी दिनमा पनि कांग्रेसको सरकार आवश्यक रहेको उनले बताए । आसन्न प्रदेश र केन्द्रको निर्वाचनमा नेपाली कांग्रेसलाई अग्रपंक्तिमा पुगाउन उनले आग्रह गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत