राष्ट्रिय सभा सांसदमा सर्वसम्मत निर्वाचित कांग्रेसका थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य (सांसद) सुनिलबहादुर थापाले शपथ लिएका छन् ।

सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद थापालाई शपथ गराएका हुन् ।

कांग्रेसबाट राष्ट्रिय सभा सदस्य पदमा थापा सर्वसम्मत निर्वाचित भएका हुन् । उनी कोशी प्रदेशबाट सर्वसम्मत निर्वाचित भएका थिए ।

पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता थापाले राष्ट्रिय सभामा कांग्रेस र जनताका विषयवस्तुलाई उठाउने बताएका छन् । उनले मुलुक निकै कठिन अवस्थाबाट गुज्रिएको भन्दै थापाले रचनात्मक भूमिका खेल्ने बताए ।

Published : Monday, 2026 March 9, 8:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया