म भागेको छैन, हरेक समस्याको सामना गर्छु, प्रतिशोधको गर्न खोजियो : कांग्रेस नेता लेखक
काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका पूर्वगृहमन्त्री रमेश लेखकले आफूविरुद्ध अनर्गल समाचारहरू आउन थालेको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा गृहजिल्ला कञ्चनपुरमा मतदान गरी काठमाडौं फर्किएका कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री लेखक भागेर सिंगापुर गएको अपवाहप्रति उनले खण्डन गरेका छन् ।
नेता लेखकले जेनजी आन्दोलनपछि बनेको कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै आफूविरुद्ध प्रतिशोधको राजनीति र स्टन्ड थालिएको बताएका छन् ।
‘आयोगको प्रतिवेदन सरकारले अध्ययन गर्ने भनेको छ कहीकतै सार्वजनिक भएको छैन,’ लेखकले भने, ‘सामाजिक सञ्जालदेखि मिडियासम्म फौजदारी कारबाहीका लागि सिफारिस भनेर प्रतिशोधको राजनीति गर्न खोजिदैछ ।’
उनले आफू कानूनी र राजनीतिक लडाइँमा पछि नहट्ने बताएका छन् । नेता लेखकले आफू देश छाडेर भागेको भनेर अफबाह फैलाएर हतोत्साहित बनाउन खोजिएको बताए ।
चुनावी परिणाम आउना साथ आयोगको प्रतिवेदन पेश हुनुमा राजनीतिक षडयन्त्र र प्रतिशोध राख्न खोजेको शंकालाई सुविधा पुगेको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया