मुगुमा कांग्रेसका खडकबहादुर शाही निर्वाचित

मुगु । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मुगुमा नेपाली कांग्रेसका खडकबहादुर शाही निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरका अनुसार शाहीले सात हजार ९१४ मत प्राप्त गरेका छन् । शाहीका निकटतम प्रतिष्पर्धी एमालेका पूर्णबहादुर रोकायाले छ हजार ७१८ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका चन्द्रबहादुर शाहीले पाँच हजार ५५८ मत प्राप्त गरेका छन् ।

मुगुमा राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलबहादुर मल्लले २०३, प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले २२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का रंगवीर परियारले २८० मत प्राप्त गरेका छन् ।

जिल्लामा ३६ हजार ३१ मतदाता रहेकामा २२ हजार ११५ मत खसेको थियो । कांग्रेसका शाही नेपाली कांग्रेस मुगुका पूर्व पार्टी सभापति हुन् ।

Published : Sunday, 2026 March 8, 5:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया