सोलुखुम्बुमा कांग्रेसका कार्की निर्वाचित
सल्लेरी । सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्की निर्वाचित भएका छन् ।
आइतबार सार्वजनिक भएको निर्वाचन आयोगको मतगणनाअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गरेर विजयी भएका छन् । कार्कीका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेर पराजित भएका छन् ।
कांग्रेसका कार्कीले निकटतम प्रतिस्पर्धी नेकपाका राईलाई ३ हजार ७५२ मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन् ।
एमालेकी उम्मेदवार कल्पना राईले ८ हजार २२८ मत प्राप्त गरेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ऋषिधन राईले ३ हजार ६४२ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका विएस राईले ३ हजार ३६३ मत प्राप्त गरेका छन् ।
उज्यालो नेपाल पार्टीका पेम्बा छिरी शेर्पाले २७८, जनता समाजवादी पार्टी नेपालका लाक्पा शेर्पाले २०३, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र बस्नेतले १५७ र आम जनता पार्टीका गुणराज भट्टराईले ४१ मत प्राप्त गरेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया