नेपालमा निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको भन्दै भारतीय प्रधानमन्त्री मोदीले दिए बधाइ
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा प्रतिनिधि सभा सदस्य पदको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा बधाइ दिएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री मोदीले भनेका छन्, ‘म नेपालको जनतालाई र सरकारलाई चुनावको सफल र शान्तिपूर्ण सञ्चालनको लागि हार्दिक बधाइ दिन्छु ।’
‘नेपाली दिदीबहिनी र दाजुभाइहरू आफ्नो लोकतान्त्रिक अधिकारहरू यति उत्साहपूर्वक प्रयोग गरिरहेको देखेर मलाई खुशी लागेको छ,’ उनले भने ।
‘यो ऐतिहासिक माइलस्टोन नेपालको लोकतान्त्रिक यात्रामा गर्वको क्षण हो,’ भारतीय प्रधानमन्त्री मोदीले भनेका छन् ।
मोदीले भने, ‘नजिकको मित्र र छिमेकीको रूपमा, भारत–नेपाली जनमानस र उनीहरूको नयाँ सरकारसँग मिलेर साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइँहरूमा पुग्ने प्रतिबद्धतामा दृढ रहन्छ ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया