निर्वाचनको परिणामलाई स्वीकार गर्दै जनताको सेवामा रहन्छौं : कांग्रेस सभापति बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका नेपाली कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँले प्रतिनिधि सभा निर्वाचन २०८२ उत्साहपूर्ण रुपमा सम्पन्न भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

शुक्रबार सभापति बानियाँले प्रेस विज्ञप्ति जारी गरेर निर्वाचनलाई शान्तिपूर्ण एवं निष्पक्ष रुपमा सम्पन्न गर्न–गराउन महत्वपूर्ण भूमिका खेलेकोमा सबैलाई धन्यवाद एवं आभार प्रकट गरेका छन् ।

‘देशमा भएका हरेक परिवर्तनको आन्दोलनमा जनचाहाना अनुरुप नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेस देश र लोकतन्त्रको पक्षमा तथा जनताको अवस्था परिवर्तनका लागि सदैव जनतासँगै रहनेछ,’ सभापति बानियाँले भने ।

‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन मार्फत प्राप्त मत परिणामलाई स्वीकार गर्दै निरन्तर जनताको सेवामा क्रियाशील रहन नेपाली कांग्रेस बागमती प्रदेश दृढ र प्रतिबद्धता व्यक्त गर्दछ,’ मुख्यमन्त्री समेत रहेका सभापति बानियाँले भने ।

Published : Friday, 2026 March 6, 4:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया