नवलपरासी १ मा रास्वपा धेरै अगाडि, कांग्रेसबाट टिकट पाएका अर्बपति विनोद चौधरी धेरै पछाडि
काठमाडौं । नवलपरासी १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनालले चार गुणा धेरै मतसहित अग्रता लिएका छन् ।
शुक्रबार जारी मतगणना अनुसार रास्वपाका खनालले २ हजार ४ सय २७ मत पाएर अग्रता लिएका छन् । खनाललाई निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरीले ६३८ मतसहित पछ्याइरहेका छन् । एमालेका रामप्रसाद पाण्डेयले ६१२ र हृदयश त्रिपाठीले १९१ मत पाएका छन् ।
नवलपरासी १ मा ८२ हजार ७ सय ५४ मत खसेको थियो । कांग्रेसका विनोद चौधरीले नवलपरासीमा जित्ने दाबी गरिरहेका बेला रास्वपाका विक्रम खनालले जित्ने सम्भावना बढेर गएको छ । विश्वको धनाढ्यको सूचीमा रहेका विनोद चौधरीले शक्तिको आडमा पटक पटक कांग्रेसको टिकट लिने गरेपछि यस पटक कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले सबक सिकाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया