कांग्रेस नेता डा.शेखर रास्वपाकी रुविना भन्दा धेरै पछाडि

विराटनगर । मोरङ–६ मा नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रुविना आचार्यभन्दा धेरै मतान्तरले पछि परेका छन् ।

शुक्रबार जारी मतगणना अनुसार रास्वपाकी रुविनाले ६ हजार १३६ मत ल्याएर अग्रता कायम राखेकी छिन् । डा.कोइरालाले १ हजार ३१२ मत पाएका छन् ।

एमालेका विनोद ढकाल १ हजार २२३ मतसहित तेस्रो स्थानमा छन् । रास्वपाले मोरङ ६ मा आफ्नो मतान्तरलाई फराकिलो बनाएर गएको छ ।

Published : Friday, 2026 March 6, 3:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया