पूर्वमन्त्री रञ्जितालाई भ्रष्टाचार मुद्दामा धरौटीमा छाड्न आदेश
काठमाडौं । विशेष अदालत, काठमाडौंले पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
आइतबार विशेष अदालतले पूर्वमन्त्री श्रेष्ठलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा सुनुवाइ भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वभूमिसुधारमन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्य सुविधा प्रदान गर्न २५ लाख रुपियाँ घुस लिएको अभियोग लगाएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २२ गते पूर्वमन्त्री श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
रेशमलाल चौधरीकी पत्नी समेत रहेकी पूर्वमन्त्री श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष समेत रहेका बेला पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा मुछिएकी थिइन् ।
हाल पूर्वमन्त्री श्रेष्ठले नागरिक उन्मुक्ति पार्टी परित्याग गरेर पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएकी छिन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया