लमही– ९ मा विभिन्न पार्टी परित्याग गरेका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश
लमही । दाङको देउखुरीमा विभिन्न राजनीतिक दल परित्याग गरेर स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शनिबार लमही नगरपालिका वडा नं. ९ मा आयोजित कांग्रेसको कार्यकर्ता भेटघाट तथा चुनावी घरदैलो कार्यक्रममा एमाले, नेकपा लगायतका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । दाङ क्षेत्र नं. १ मा प्रचार प्रसारका क्रममा टोल तथा गाउँगाउँमा कांग्रेसमा प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको छ ।
नवप्रवेशीहरूलाई कांग्रेसबाट दाङ क्षेत्र नं. १ का उम्मेदवार एवम् सहमहामन्त्री योगेन्द्र चौधरीले पार्टी प्रवेश गराएका हुन् ।
सहमहामन्त्री चौधरीले नवप्रवेशीहरूलाई कांग्रेसको संगठन निर्माण र चुनावी प्रचार प्रसारमा खटिन आग्रह गरेका छन् ।
Published : Saturday, 2026 February 21, 7:50 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया