प्रधानसेनापति सिग्देलद्वारा निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउन आदेश
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सबै सैनिक तालिमहरूमा नेपाल र नेपालीको इतिहास अध्ययन–अध्यापन गराउन निर्देशन दिएका छन् ।
शनिबार महाशिवरात्रि तथा २६३औँ सेना दिवसका अवसरमा जंगीअड्डामा आयोजित विशेष कार्यक्रममा सिग्देलले आसन्न निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन समेत सबै सैनिकहरूलाई निर्देशन दिए ।
प्रधानसेनापति सिग्देलले भने, ‘हाम्रो देश नेपालको गौरवका गाथा, परम्परा र संस्कृतिहरू चिन्न, गौरव गर्न र इतिहासका पाठहरूबाट सिक्न सबै सैनिक तालिमहरूमा नेपाल र नेपालीको इतिहास अध्ययन–अध्यापन गराउन आवश्यक छ ।’
सेना दिवसका अवसरमा उनले बहालवाला तथा अवकाशप्राप्त सकलदर्जा, यसमा कार्यरत निजामती कर्मचारी एवं परिवारजनलाई शुभकामना पनि व्यक्त गरेका छन् ।
हरेक वर्ष महाशिवरात्रिका दिन नेपाली सेना दिवस मनाउने गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया