दुइटा कम्युनिस्टलाई छिन्नभिन्न पारेर कांग्रेसलाई पहिलो पार्टी बनाउने शेरबहादुर हो : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले शेरबहादुर देउवालाई डडेल्धुरामा टिकट नदिएर गम्भीर र ठूलो भुल भएको बताएका छन् ।

प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा नेता खतिवडाले डडेल्धुरामा जितेको देउवाभन्दा टिकट नदिएको देउवा पावरफुल भएको बताए । उनले भने, ‘नेपालको राजनीतिमा दुइटा कम्युनिस्ट मिल्दा पनि तिनीहरूलाई छिन्नभिन्न पारेर कांग्रेसलाई आजको अवस्थामा पहिलो र प्रिय पार्टी बनाउने नेता शेरबहादुर देउवा हो । त्यस कुनै विवाद नै छैन ।’

‘मैले शेरबहादुर देउवाको सत्य कुराभन्दा बहिर गाली खानु पर्ला । तँ दाजुको पक्षमा लागिस् । तँ भाउजुको पक्षमा लागिस् । फलानोको पक्षमा लागिस् भन्लान्,’ खतिवडाले भने ।

‘म सत्य कुरा बोल्दैछु । शेरबहादुर देउवाले नेपाली कांग्रेसमा उठ्छुभन्दा टिकट दिन जुन हिचकिचाहट गरियो त्यो अलिक ठीक थिएन भन्ने मलाई आज पनि लाग्छ । शेरबहादुर देउवा उठ्दा के बिग्रिन्थ्यो ?,’ नेता खतिवडाले प्रश्न गरेका छन् ।

‘मैले उहाँ (शेरबहादुर देउवा)कै मुखबाट सुनेको छैन । शेरबहादुर देउवा डडेल्धुराबाट अन्तिममा त्यहाँको जनताको पनि हाम्रो जनप्रतिनिधिलाई एकचोटी भोट हाल्छौँ भन्ने इच्छा राखेका थिए भन्ने सुने मैले,’ खतिवडाले भने ।

‘शेरबहादुर देउवालाई टिकट दिएर जनताले हराएको शेरबहादुर देउवा जुन हुन्थ्यो, अहिले टिकटबाट बञ्चित गरेको शेरबहादुर देउवा झन् पावरफुल हो । मलाई लागेको छ,’ खतिवडाले भने ।

‘शेरबहादुर देउवाका विषयमा छ । अहिले शेरबहादुर देउवाले पनि कहिँ देशव्यापरी रुपमा कांग्रेसलाई भोट नदेउ भनेको तपाईले सुन्नु भएको छ ? छैन नि,’ उनले भने ।

‘शेरबहादुर देउवा जसले कांग्रेसलाई एक बनायो त्यो मान्छेलाई कांग्रेस कमजोर होस् भन्ने लाग्ला ? लाग्दैन,’ नेता खतिवडाले भने ।

Published : Friday, 2026 February 13, 12:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया