सहकारीपीडितहरूलाई गगनले न्याय दिने, सहकारी ठगहरूविरुद्ध आक्रामक बन्ने
काठमाडौं । नेपाली कांग्रेसबाट सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका गगन थापाले सहकारीपीडितहरूलाई न्याय दिने भएका छन् ।
आफूलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गराएका थापाले सहकारीको रकम ठगी गर्नेहरूलाई कारबाही र पीडितहरूलाई न्यायको लागि पहल गर्ने कांग्रेस नेताहरूले बताएका छन् । काठमाडौं, पोखरा, चितवन, रुपन्देही, वीरगञ्ज लगायत देशभरिका सहकारीपीडितहरूले थापाबाट न्याय पाउनेमा आशा राखेका छन् ।
विगतमा प्रतिनिधि सभाको बैठकहरूमा थापाले सहकारीपीडितको पक्षमा जबरजस्त रुपमा आवाज उठाएका थिए । थापाका कारण सहकारी ठगीमा मुछिएका केही नेताहरू र तत्कालीन सांसदले अहिले पनि अदालतमा मुद्दा खेप्दै आएका छन् । सहकारी ठगीमा मुद्दा खेप्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने त झन् चितवनमा उम्मेदवार नै बनेका छन् ।
कांग्रेसले फागुन २१ को निर्वाचनमा जित हासिल गरेर कांग्रेस नेता थापा प्रधानमन्त्री बन्ने मौका आयो भने सहकारी ठगहरूका दिनगन्ती सुरु हुनेछन् ।
सहकारी ठगहरूविरुद्ध कांग्रेस नेता थापा निकै आक्रामक छन् । थापाले सहकारीपीडितलाई गुमेको रकम फिर्ता गराउनुपर्ने दायित्व पनि थपिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया