सात करोड ३१ लाखको भ्रष्टाचार मुद्दामा संगीतासँग २ लाख धरौटी माग
काठमाडौं । विशेष अदालत, काठमाडौंले ७ करोड ३१ लाख बिगो रहेको भ्रष्टाचार मुद्दामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति डा.संगीता भण्डारी दुई लाख रुपियाँ धरौटीमा छाडेको छ ।
सिटिस्क्यान मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा मंगलबार विशेष अदालतमा उपस्थित भएकी डा.भण्डारीलाई न्यायाधीशहरू सुदर्शनदेव भट्ट र हेमन्त रावलको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो ।
सिटिस्क्यान मेसिन खरिद गर्दा सात करोड ३१ लाख ८२ हजार बिगो कायम गरी गत १५ माघमा विशेष अदालतले डा.भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो ।
तत्कालीन उपकुलपछि डा.भण्डारीविरुद्ध अर्काे भ्रष्टाचार मुद्दा पनि विशेषमा विचाराधीन छ ।
Published : Tuesday, 2026 February 10, 10:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया