फागुन ३ गतेभित्र घोषणापत्र पेस गर्न उम्मेदवारहरूलाई निर्देशन
काठमाडौं । निर्वाचन आयोगले फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र पेस गर्न राजनीतिक दल र उम्मेदवारहरूलाई निर्देशन दिएको छ ।
मंगलबार प्रेस विज्ञप्ति जारी गरेर आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई घोषणापत्र पेस गर्न निर्देशन दिएको हो ।
आयोगले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिएको छ ।
राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचनको धमाधम तयारी तथा प्रचार प्रसार गरिरहेका बेला आयोगले घोषणा पत्र सार्वजनिक गर्न भनेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया