अख्तियारद्वारा आईजीपी कार्कीलाई प्रशंसा पत्र र पुरस्कार प्रदान
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा शान्ति–सुरक्षामा विशेष योगदान पुर्याएको भन्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई विशेष सम्मानस्वरूप प्रशंसा पत्र र पुरस्कार प्रदान गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले आईजीपी कार्कीलाई सम्मान प्रदान गरेका हुन् ।
कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र निष्ठालाई संस्थागत गर्न प्रहरी संगठनले खेलेको भूमिकाको प्रशंसा गरिएको थियो ।
आईजीपी कार्कीले उक्त पुरस्कारलाई सम्पूर्ण नेपाल प्रहरीको सामूहिक प्रयासको सम्मानका रूपमा लिएको बताए । उनले यसले नेपाल प्रहरीप्रति जनताको विश्वास अझ सुदृढ बनाउँदै निष्ठा, जवाफदेहिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति कार्यान्वयनमा थप प्रतिबद्ध भएर अघि बढ्न प्रेरणा प्रदान गरेको बताएका छन् ।
आईजीपी कार्कीले प्रहरी संगठनलाई अझ व्यावसायिक, अनुशासित र उत्तरदायी बनाउँदै सुशासन कायम गर्न अख्तियारसँग सहकार्य गर्दै जाने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया