अपराध रोक्न एआई तथा एड्भान्स एनालेटिक सेल गठन हुन्छ : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एड्भान्स एनालेटिक सेल गठन गर्न लागेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कार्कीले छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मुलुकमा झुटा र गलत समाचारले बढवा पाइरहनु चिन्ताको विषय भएको बताए । उनले सूचना प्रविधिको दुरुपयोग गरेर झुटा सामग्रीहरू प्रशारण गर्ने कामले बढवा पाएकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानूनी उपचारका लागि पनि नेपाल प्रहरीले सो सेवा गठन गर्न लागेको बताए ।

‘आजको डिजिटल युगमा सबभन्दा छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मिस इन्फरमेशन हुने, इरादा फरक भएर डिसइन्फरमेशन हुने, हेट स्पिज एआईको दुरुपयोग तथा डिजिटल म्यानुपुलेशनबाट सृर्जित झुटा सामग्रीले बढवा पाइरहनु हामी सबैका लागि साझा चिन्ताको विषय हो,’ आईजीपी कार्कीले भने ।

‘कानून कार्यान्वयन नै कानूनी शासनको आधार हुने हुँदा कटपेष्ट, कपीपेष्ट को यान्त्रिकतामा सृजनशीलताको शुन्यता हुन्छ,’ उनले भने ।

प्रहरी महानिरीक्षक कार्कीले राष्ट्रिय सुरक्षाको मर्मलाई सञचारकर्मीहरूले आफ्नो धर्मको रुपमा आत्मासात गर्न जरुरी रहेको पनि बताएका छन् ।

‘राष्ट्रिय सुरक्षाको मर्मलाई सञ्चारकर्मीहरूको धर्मको रुपमा आत्मसात हुनका लागि पनि यो आजको अन्तरक्रियात्मक कार्यक्रमले एउटा मार्गदर्शन तयार गर्नेछ भन्ने हाम्रो स्वभाविक अपेक्षा छ,’ आईजीपी कार्कीले भने, ‘यस किसिमका गतिविधि, निगरानी र कानूनी उपचारका लागि नेपाल प्रहरीले पनि अव एउटा एआई र एडभान्स एनालेटिक सेल बनाएर काम गर्नु पर्छ भन्ने तर्फको निचोडमा हामी पुग्ने अवस्थामा छौं ।’

Published : Monday, 2026 February 9, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया